खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमानले दिए यस्तो बयान

खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमानले दिए यस्तो बयान

केन्द्रबिन्दु
0
Shares

सर्लाही । एक पुरुषले खुकरी प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । सर्लाहीको बरहथवा नगरपालिका ५ मा रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्ने उदयपुर सुरुङ्गाका रामजी विश्वकर्माले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका हुन् । बिहीबार राति ३३ वर्षीया श्रीमती सुनिता विश्वकर्मामाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

राती साँढे १० बजेतिर रामजीले श्रीमती सुनिताको घाँटी, हात, खुट्टा लगायत शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहारी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

खुकुरी प्रहारबाट सुनिताको घटनास्थलमै ज्यान गएको थियो। श्रीमतीको हत्या गरी भाग्दै गरेका रामजीलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ।

प्रहरी नियन्त्रणमा रहेका रामजीले श्रीमतीले आफूलाई खुकुरीले प्रहार गर्न खोज्दा प्रतिकारमा उनको मृत्यु भएको बताएका छन् । मृतक सुनिता बहरथाको चक्रजनता बहुमुखी क्याम्पसकी शिक्षिका हुन् ।

Skip This
Skip This
Logo