विराटनगर
होली पर्व तराईमा विहिबार हर्षोल्लासका साथ मनाइएको छ । बुधवार काठमाडौं उपत्यका सहित मनाइएको होली बिहिवार तराईका जिल्लाहरुमा मनाइएको हो ।
होली मनाउने क्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले रमाइलो नृत्य गरेका छन् । बिहिवार नेकपा मोरङले आयोजना गरेको कार्यक्रममा पुगेका मुख्यमन्त्री राईले सामाजिक विकास मन्त्री जीवन घिमिरे, संघिय सांसद अमनलाल मोदी सहितका नेता तथा कार्यकर्तासँग रमाइलो नृत्य गरेका हुन् ।
मुख्यमन्त्री राईसँगै प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङ, विराटनगर महानगरपालिका मेयर भीम पराजुली लगायतका नेताहरुले होलीमा सामुहिक नृत्य गरेर सहभागीहरुलाई उत्साह थपेका थिए । गायक समित खडकाले गाएको होलीका गीतहरुमा महानगरमा पनि आधा घण्टा भन्दा बढी मेयर पराजुली मुख्यमन्त्री राई, प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङले नृत्य गरेका हुन् । होली बिशेष कार्यक्रममा कलाकार दिपाश्री निरौला पनि पुगेकी थिइन् ।































प्रतिक्रिया