कट्रिनाले किन गरिन् आलिया भट्टको तारिफ ?

कट्रिनाले किन गरिन् आलिया भट्टको तारिफ ?

केन्द्रबिन्दु
0
Shares

बलिउड क्युटिपाई अभिनेत्री आलिया भट्ट यति बेला निकै चर्चामा छिन् । एकपछि अर्को हिट फिल्म दिएर उनको चर्चा चुलिएको हो । उनी अभिनित पछिल्लो फिल्म ‘गली बोई’ ले भारतीय बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

साथै उनको र रणवीर सिंहको केमेस्ट्रिलाई दर्शकहरुले निकै रुचाए । यति बेला उनी निर्देशक करण जोहरको बिग बजेट फिल्म कलंकमा काम गरिरहेकी छिन् । यस मल्टि स्टारर फिल्ममा आलिया भट्ट, वरुण धवण, सोनाक्षी सिन्हा, आदित्य राय कपूर, माधुरी दिक्षित, सञ्जय दक्त लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

केही दिन अघि कलंकको पहिलो गीत घर मोरे प्रदेशिया सार्वजनिक भएको थियो । उक्त गीतमा आलिया भट्ट र माधुरी दिक्षितले आर्कषक नृत्य गरेका छन् । आलियाले इन्स्टाग्राममा ‘घर मोरे प्रदेशिया’ गीतको लिंक शेयर गरिन् जसमा अभिनेत्री कट्रिना कैफले कमेन्ट गरेकी छन् ।

कैफले आलियाको नृत्यको तारिफ गर्दै लेखेकी छन्, ‘वेल डन अलु । आलिया तिमीले एकदम राम्रो नृत्य गरेकी छौं ।’ त्यसपछि आलियाले पनि कट्रिनालाई जवाफ दिदै भनिन् ‘तपाई अन्दाज पनि गर्न सक्नु हुन्न, तपाईको कमेन्ट मेरो लागि कति महत्व राख्छ । लभ यु क्याटी ।’
कट्रिना कैफ अभिनेता रणवीर कपूरको भूतपूर्व प्रेमिका हुन् भने आलिया र रणवीर कपूर अहिले एकअर्कालाई डेट गरिरहेका छन् । कलंक अप्रिल १७ बाट प्रदर्शनमा आउँदैछ ।

Logo