बहिनीलाई जबरजस्ती रंग नदल्न आग्रह गर्दा दाजु निर्घात कुटिए

बहिनीलाई जबरजस्ती रंग नदल्न आग्रह गर्दा दाजु निर्घात कुटिए

केन्द्रबिन्दु
0
Shares

दाङ । बहिनीलाई जबरजस्ती होलीको रंग नदल्न आग्रह गर्दा एकजनामाथि कुटपिट गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का जीतबहादुर चौधरीमाथि होली खेल्न निस्किएको युवाहरुले कुटपिट गरेका हुन् । उनी नेपाल प्रहरीका जवान हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत रहेको र होलीको लागि घर आएका थिए ।

बहिनी शोभा चौधरीलाई दशरबाह्र जनाको संख्यामा रहेका युवाले जबरजस्ती लखेटी–लखेती अविर दल्न थालेपछि उनले त्यसो नगर्न आग्रह गरेका थिए । तर उनीहरुले चौधरीमाथि नै आक्रमण गरेका हुन् ।

घाइते चौधरीको प्रादेशीक अस्पताल तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारको लागी बाँके लगिएको छ। कुटपिटमा संलग्न एकजना युवालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । पक्राउ पर्नेमा १८ बर्षीय केशर बस्नेत रहेका छन् । घटनामा संलग्न अन्यहरुको खोजी भइरहेको डिएसपी शाहीको भनाई छ ।

Logo