राजनराज शिवाकोटी र शशिका राईको स्वरमा रहेको तीज गीत ‘ए दिदी भिनाजु खै’ को भिडियो सार्वजनिक

राजनराज शिवाकोटी र शशिका राईको स्वरमा रहेको तीज गीत ‘ए दिदी भिनाजु खै’ को भिडियो सार्वजनिक

केन्द्रबिन्दु
189
Shares

काठमाडौँ । गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका शशिका राईको स्वरमा रहेको तीज गीत ‘ए दिदी भिनाजु खै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । हिन्दु नेपाली नारीहरूको महान पर्व तीज नजिकिएसँगै गायक शिवाकोटीले आफ्नै शब्द सिर्जनामा सार्वजनिक गरेको भिडियोमा दिदीभाइको प्रेम भावलाई नजिकबाट केलाइएको छ ।

भिडियोमा वर्षदिनसम्म आफ्नो माइतीलाई नभेट्दाको पिडा र आफ्नो भाइलाई भेट्दाको खुशीको क्षण देखाइएको भिडियोले राम्रो चर्चा बटुलिरहेको निर्देशक दिलिप समन बताउँछन् ।

भिडियोमा प्रमुख भूमिकामा मीना बर्तौला र गायक राजनराज शिवाकोटीको अभिनय देख्न सकिन्छ । त्यस्तै टेलिफिल्म कान्छीमा सासुको भूमिकामा देखिएकी गीता थापा, शृष्टि उग्रकोटी, खेम नेपाली, सुनिल न्यौपाने र सुनिल बुढाथोकीको अभिनय देख्न सकिन्छ । देवेश राईको एरेन्ज रहेको गीतमा विशाल थापाको छायांकन, नकुल खड्काको सम्पादन रहेको छ भने यसको भिडियो समिप इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट बजारमा आएको हो ।

Logo