प्रधानमन्त्रीद्वारा १० हजार कित्ता आइपीओका लागि आवेदन

प्रधानमन्त्रीद्वारा १० हजार कित्ता आइपीओका लागि आवेदन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत’ कार्यक्रम अन्तर्गत १० हजार कित्ता शेयरका लागि आवेदन दिएका छन्  ।

आजबाट बिक्री खुला भएको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको शेयरका लागि प्रधानमन्त्री ओलीले आवेदन दिएका हुन् ।  ओलीले बिहिबार बिहान आफ्नै निवास बालुवाटारबाट मेरो शेयर अनलाइन मार्फत शेयरमा आवेदन दिएका हुन् । आईपिओमा आवेदन दिने प्रधानमन्त्रीले मंगलबार मात्र डिम्याट खाता खोलेका थिए ।

त्यस्तै उर्जा मन्त्री बर्षमान पुनले पनि एक हजार कित्ता आइपीओका लागि आवेदन दिएका छन् ।

यस कार्यक्रम अन्तर्गत विभिन्न १९ आयोजनाको एक खर्ब रुपैंया बराबरको शेयर जनतालाई दिने सरकारी तयारी छ । जस अनुसार ४९ प्रतिशत जनताको शेयर सुनिश्चित गर्ने र शुरुमा १० प्रतिशत शेयर दिने भएको छ ।

माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाले पहिलो चरणमा जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत आजदेखि शेयर निष्काशन गरेको हो । यो कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोड रहेको छ । जसको १५ प्रतिशत अर्थात ३७ करोड पाँच लाख रुपैंया बराबरको शेयर बिक्री गरिँदै छ ।

यस अनुसार प्रति कित्ता एक सय रुपैंया दरका ३५ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो । कम्पनीले ३ प्रतिशत साधारण शेयर कर्मचारीका लागि छुट्याईएको आयोजना प्रमुख आनन्द ढुङ्गेलले जानकारी दिए ।

 

यो पनि 

त्रिशूली थ्री ‘बी’: एक बर्षको प्रगति २९ प्रतिशत, १० रुपैंयामै शेयर !

Logo