बसन्तपुरमा बबाल होली (भिडियोमा)

बसन्तपुरमा बबाल होली (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने रङहरुको पर्व फागु आपसमा रङ दलेर हिमाली,पहाडी तथा तराईका जिल्लामा सौहार्द एवं हर्षोल्सपूर्वक मनाइन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइने चलन छ । यो पर्वलाई वसन्तोत्सव, मदनोत्सव आदि नामले पनि चिनिन्छ ।

केही वर्षअघि सम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने फागु प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुन थालेको छ ।

यस पर्वका अवसरमा काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै होली मनाएका छन् । बाँकि भिडियोमा ।

Logo