प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छाडेर आफै सहभागी भएको संघीयता, गणतन्त्र र समुन्नतिको बाटोमा आउन आह्वान गरेको छ ।
नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठकले चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छोडेर आफै सहभागी भएको संघीयता, गणतन्त्र र समुन्नतिको बाटोमा आउन आह्वान गरेको हो ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकले संवाद र सहमतिकै बाटोबाट चन्द नेतृत्वको नेकपालाई विश्वासमा लिएर अघि बढन सरकारलाई शासकीय क्षमता प्रर्दशन गर्न पनि आग्रह गरेको छ ।
निषेधबाट नभई संवाद र सहमतिकै आधार चन्द नेतृत्वको नेकपालाई विश्वास लिएर अघि बढन सरकारलाई शासकीय क्षमता देखाउन पनि बैठकले आग्रह गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।





























प्रतिक्रिया