केएमसीलाई एकपछि अर्को सफलताः मस्तिष्कमा भएको दोहोरो एन्युरिज्मको सफलतापूर्वक शल्यक्रिया

केएमसीलाई एकपछि अर्को सफलताः मस्तिष्कमा भएको दोहोरो एन्युरिज्मको सफलतापूर्वक शल्यक्रिया

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । काठमाडौंको सिनामंगलमा अवस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा मस्तिष्कमा दोहोरो एन्युरिज्मको दुर्लभ र जटिल अवस्थाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ ।

केएमसीका वरिष्ठ न्यूरोसर्जन प्रोफेसर डा. अमित थापाको नेतृत्वमा सिराहाकी ६८ वर्षीया उषा दमाईको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । समस्या देखिएपछि उनलाई साउन ३१ गते तत्काल उपचारका लागि केएमसीमा ल्याइएको थियो ।उनकाे मस्तिष्कको सानो भागमा शल्यक्रिया गरेर केएमसीकाे टाेली दुवै एन्युरिज्मलाई सफलतापूर्वक बाँध्न सफल भएकाे हाे ।

रक्तस्रावको कारण मस्तिष्कको तरल निकासी प्रणाली अवरुद्ध भएको थियो, जसको समाधानका लागि एक हप्तापछि स्थायी जल निकासी प्रणालीको स्थापना गर्नुपर्ने भएको छ । अहिले विरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, र उनी अब स्वतन्त्र रूपमा खाना खान र दैनिक गतिविधिहरू गर्न सक्षम रहेको केमएसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

यसैगरी शल्यक्रियाको नेतृत्व गर्ने वरिष्ठ न्यूरोसर्जन प्रोफेसर डा. थापा भन्छन्, ‘हामी उषा जीको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं र उहाँ र उहाँको परिवारले हामीमाथि गरेको विश्वासको लागि हाम्रो गहिरो आभार प्रकट गर्दछौं।’ सफल शल्यक्रियापछि विरामीका परिवारले पनि केएमसीलाई धन्यवाद व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका संघीय सांसदसमेत रहेका डा। सुनिल शर्माले सम्हाले यता केएमसीले सेवा सुविधा थप्दै लगेको छ । साथै सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

Logo