पदभार ग्रहण गर्दै दिनेश डिसीले भने- आफ्नो फाइदाको लागि मलाई प्रयोग नगर्नुस्

पदभार ग्रहण गर्दै दिनेश डिसीले भने- आफ्नो फाइदाको लागि मलाई प्रयोग नगर्नुस्

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आफ्नो फाइदाको लागि आफूलाई कसैले प्रयोग नगर्न आग्रह गरेका छन् ।

सोमबार पदभार ग्रहण गर्दै डिसीले आफूसँग भएको अन्तर्राष्ट्रिय र राष्ट्रिय सम्बन्ध लाई राम्रो कामको लागि प्रयोग गर्न सकेमा व्यक्तिगत र पेसागत हितका लागी उपयोगी हुने भन्दै व्यक्तिगत प्रयोगको सट्टा सबैले मिलेर राम्रो काम गरे इन्डष्ट्रि पूरै फाइदामै जाने बताएका हुन् ।

उनले भने, ‘मलाई युज नगर्नुस्, राम्रो गर्नुस् इन्डष्ट्रि पूरै फाइदामा जान्छ, मसँग भएको अन्तर्राष्ट्रिय र राष्ट्रिय नेटर्वक र सम्बन्ध जुन छ ति सम्बन्धहरु यहाँहरुको गाडी चालकदेखि लिएर सदस्य सचिव ज्युसमेतले राम्रो कामको लागि प्रयोग गर्नु भयो भने व्यक्तिगत लगायत पेसागत हितका लागी पनि म उपयोगी हुन सक्छु, तर मलाई प्रयोग भएको महशुस भयो भने मेरो आमा शेर्पा हो भन्ने कुरा यहाँहरुलाई भन्न चाहन्छु ।’

साथै उनले आफू जागिर खानको लागि नभएर काम गर्न आएको उल्लेख गरे । उनले चलचित्र क्षेत्रलाई जिरोबाट सुरु गर्ने भन्दै अगाडि चिनेको दिनेश डिसीलाई सबैले भुल्नुपर्ने बताए ।

Skip This
Skip This
Logo