रोईला गायनमा ख्याती कमाएका लोकप्रिय लोकगायक शिरिष देवकोटाको नयाँ रोइला गीत ‘तल्लाघरे सान्नानी’ बजारमा आएको छ । बशन्त फिल्म्स प्रालिले बजारमा ल्याएको तल्लाघरे सान्नानी गीतमा गायक शिरिष देवकोटालाई गायिका शिलु भट्टराइले स्वरमा साथ् दिएकी छन् ।
पाल्पा जिल्लामा प्रचलित रोइला भाका जसलाई स्थानीय भाषामा ‘ख्याली’ भाका भनिने गीतको जगेर्ना गर्नको लागी यो गीत तयार पारिएको कुरा बशन्त फिल्म्सका प्रवन्ध निर्देशक एबम लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालका मानार्थ सदस्य ईश्वर काफ्ले पाल्पालीले बताए
सुदन अर्यालको शब्द संयोजन र सन्त बहादुर रानाको लय संकलनमा तयार भएको तल्लाघरे सान्नानी गीतमा कृष्ण बिकले वाद्यवादन संयोजन गरेका थिए भने मालाश्री स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो ।
गीतको भिडियो पराम्परागत दोहोरि गायन जस्तै बनाउने कोशिस गरेको कारण झन् आकर्षक बनेको कुरा गायक शिरिष देवकोटाले बताए । भिडियो निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन् । सिनेम्याटोग्राफर राजेश घिमिरेले खिचेको उक्त गीतको सम्पादन बिष्णु शर्माले गरेका हुन ।
रोइला दोहोरी भएको कारण भिडियोमा गायक गायिकाको अभिनय रहेको छ जसमा साथीहरुले साथ् दिएका छन् ।
भिडियो हेर्नुहोस :[youtube https://www.youtube.com/watch?v=6r_aZajcdW0]





























प्रतिक्रिया