काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले नै आफूले सामाजिक सञ्जालमा राखेको स्टाटस उडाइदिएको दाबी गरेका छन् ।
मेयर बालेनले दुई दिनअघि एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु हिँसा गरेको र तुरुन्त पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको पोष्ट एकाएक हटेपछि अनेकौं टिप्पणी भइरहेका थिए । त्यसैबीच उनले सरकारले नै आफूले राखेको स्टाटस उडाइदिएको आशय व्यक्त गर्दै पोस्ट उडाउने हैन, दोषी समाउन सरकारलाई सुझाएका हुन् ।
मेयर बालेनले लेखेका छन्, “पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।”
बालेनले दुई दिनअघिको पोष्टमा लुम्बिनी प्रदेश सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएर बालशोषण र कुटपिट पनि गर्दै आएको सांसद शर्मालाई किन पक्राउ नगरेको भन्दै प्रश्न गरेका थिए। निकै चर्चामा रहेको यस विषयमा मेयर बालेनले लेखेको स्टाटस अहिले उनको वालमा देखिँदैन। यसैक्रममा एमाले तर्फका उपमेयर सुनिता डंगोलले पनि मेयर बालेनको कार्यशैलीप्रति आलोचना गरेकी छिन् ।





























प्रतिक्रिया