यी हुन् विश्वका सर्वाधिक महँगो र सस्तो १० शहर

यी हुन् विश्वका सर्वाधिक महँगो र सस्तो १० शहर

केन्द्रबिन्दु
0
Shares

बिश्वको सबैभन्दा महँगो र सबै भन्दा सस्तो शहरहरु कुन कुन होला ? यो जिज्ञासा धेरैलाई लाग्न सक्छ । यदि तपाईसंग पनि यस्तै जिज्ञासा छ भने यी सामाग्री तपाईका लागि खुराक बन्न सक्छ।

‘ईकोनोमिष्ट इन्टेलिजेन्स युनिट’ले हालै एक प्रतिवेदन सार्वजनिक गरेको छ। यो सस्थाले वार्षिक रुपमा  विश्वभरका महंगा शहरका वारेमा अध्ययन गर्ने गर्दछ । यो वर्ष उक्त संस्थाले १ सय ३३ शहरमा अध्ययन गरेको जनाएको छ ।

सस्थाले हालै सार्वजनिक गरेको उक्त प्रतिबेदन अनुसार फ्रान्सको राजधानी पेरिस फेरि एकपटक विश्वको सबैभन्दा महंगो शहरको रुपमा सूचिकृत भएको छ । त्यसपछि विश्वको सबैभन्दा महंगो शहरमा हङकङ र सिगांपुर परेका छन् ।

यो संस्थाले विश्वभरका ठूला शहरमा बस्दा लाग्ने खर्च, त्यस शहरमा पाउरोटीको मुल्य, कपाल काट्ने शुल्क, यातायात खर्च आदीलाई विश्लेषण गर्दै महंगा शहरका सूची सार्वजनिक गरेको जनाएको छ । यो अध्ययन त्यहाको मुद्रास्फीतिका आधारमा निर्क्यौल गरिएको हो। यसको मतलब कुनै सामान खरिद गर्न सर्वसाधारणले कति रकम खर्च गर्नुपर्छ भन्ने हो।

सामान्य भाषामा भन्नुपर्दा पैसाको क्रय शक्ति (सस्तो र महँगो) का आधारमा शहरलाई मुल्यांकन गरिएको छ।

यी हुन् १० महंगा शहर

१. पेरिस, फ्रान्स

१. सिंगापुर सिटी, सिंगापुर

१. हङकङ, चीन

४. जूरीच, स्विजरल्याण्ड

५. जेनेभा, स्विजरल्याण्ड

५. ओसाका, जापान

७. सोल, दक्षिण कोरिया

७. कोपनहेगन, डेनमार्क

७. न्यू योर्क, अमेरिका

१०. तेल अभिभ, इजरायल

१०. लस एन्जलस, अमेरिका

सबैभन्दा सस्ता १० शहर

१. काराकार, भेनेजुएला

२. दमासकस, सिरिया

३. तसकेन्ट, उज्वेकिस्तान

४. अलमाती, कजाकस्तान

५. बेङलोर, भारत

६. कराचीं, पाकिस्तान

६. लागोस, नाइजेरिया

७. ब्यूनस आयर्स, अर्जेन्टिना

७. चेन्नाई, भारत

८.  नया दिल्ली, भारत

Logo