एजेन्सी । भारतीय अर्बपति मुकेश अम्बानीले आफ्ना भाई अनिल अम्बानीको ८ अर्ब ऋण तिरिदिएका छन् । अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबारसम्म ८० मिलियन डलर (८ अर्ब ७७ करोड नेरू) पैसा तिर्नुपर्ने थियो।
उक्त रकम तिर्न नसेक उनी तिन महिनाका लागि जेल जानु पर्ने सर्वोच्च अदालतको आदेश थियो। मुकेशले समय सीमा सकिनु एक दिनअघि सोमबार अनिलको उक्त ऋण तिरिदिएका हुन्।
सोमबार साँझ विज्ञप्ति जारी गर्दै अनिलले अफ्ठेरो पर्दा साथ दिएको भन्दै दाइ र भाउजु नीतालाई धन्यवाद दिए । उनले आफ्नो परिवार विगतको तिक्ततालाई बिर्सेर नयाँ ढंगबाट अघि बढिरहेको बताए।
सन् २००२ मा बुवा धिरूभाइ अम्बानीको निधनपछि सम्पत्ति र व्यापारबारे यी दुई दाजुभाइ सार्वजनिक रूपमै झगडामा उत्रिएका थिए। पछि भागबन्डा गरेर अनिलले टेलिकम र उर्जा क्षेत्र र मुकेशले तेल र पेट्रोकेमिकलको व्यापार पाएका थिए।
तर पछिल्लो समय अनिलको व्यापार खस्किँदै गएको थियो भने मुकेशको व्यापार फैलिरहेको छ। गत वर्षमात्र उनले १० अर्ब डलर सम्पत्ति थपेको ब्लुमवर्गले जनाएको छ। मुकेश अम्बानी विश्वका अर्वपतिहरुको १० औं नम्बरमा परेका छन् ।





























प्रतिक्रिया