पूर्वडीआईजी पार्वती थापा राजनीतिमा, फोरम प्रवेश गरिन्

पूर्वडीआईजी पार्वती थापा राजनीतिमा, फोरम प्रवेश गरिन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल प्रहरीकी पूर्व डीआईजी पार्वती थापा संघीय समाजवादी फोरम प्रवेश गरेकी छन् । संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले थापा औपचारिक रुपमा आफ्नो पार्टीमा प्रवेश गरेको जानकारी दिईन् ।

प्रहरी सेवाबाट बिदा लिएपछि थापा गुमनामजस्तै थिइन् । पार्टी प्रवेश गरेकी थापालाई कुन जिम्मेवारी दिइएको छ भन्नेबारे भने फोरमले केही खुलाएको छैन् ।

नायब प्रहरी महानिरीक्षकबाट अवकाश पाएकी थापा नेपाल प्रहरीको इतिहासमा उनी पहिलो महिला महानिरीक्षक बन्न योग्य थिईन् । तर, उनीभन्दा ११ महिनाले जुनियर उपेन्द्रकान्त अर्याल महानिरीक्षक बनेका थिए ।

पछि उनी दलहरूले अन्याय गरेको भन्दै न्यायालयको ढोका ढक्ढकाउन पुगेकी थिइन् । यसअघि मात्रै डीआईजी नवराज सिलवाल नेकपा प्रवेश गरेका थिए । तत्कालीन एमालेबाट ललितपुर–१ मा उम्मेदवारी दिएका सिलवाल निर्वाचित हुँदैं अहिले प्रतिनिधिसभा सदस्य छन् ।

Logo