एमालेका नेताहरू खुमलटारमा, भेटे प्रचण्डलाई

एमालेका नेताहरू खुमलटारमा, भेटे प्रचण्डलाई

केन्द्रबिन्दु
162
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका नेताहरूले भेट गरेका छन्।

बिहीबार दिउँसो अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर एमाले नेताहरू राजन भट्टराई, दिपक निरौला, विद्यासुन्दर शाक्य लगायतले भेट गरेका हुन् । भेटमा काठमाडौँका नदी किनाराका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसलाबारे ध्यानाकर्षण गराएका छन् ।

काठमाडौंको नदी, खोला र राजकुलोकाे समेत दायाँबायाँ २०/२० मिटर कुनै संरचना नबनाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सो आदेश काठमाडौँ महानगरपालिका प्रमुखले कार्यान्वयन गर्ने एकल निर्णय गरेपछि थप समस्या आएको भन्दै एमालेका नेताहरुको दौडधुप चलेको हो ।

भेटमा अध्यक्ष प्रचण्डले जनसरोकारका विषयमा सकारात्मक रहेको बताएका थिए ।

Logo