काठमाडौं । आजदेखि बुधबारसम्म देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार मेघ गर्जनसहित देशका पहाडि भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको हो ।
पश्चिमी वायुको प्रभाव र प्रि मनसुन सुरु हुन लागेका कारण ३ दिन सम्म देशका पूर्वी र पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने अनुमान गरिएको छ ।
पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । आज देशको पूर्वी भागमा हल्का वर्षा हुने, भोलि पश्चिमी क्षेत्रमा हलका वर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।





























प्रतिक्रिया