काठमाडौँ
गल्फकोर्स सहित संचालनमा रहेको नेपालको चर्चित पाँच तारे गोकर्ण फरेस्ट रिसोर्ट निकै सस्तो भाडामा सरकारले निजी कम्पनी एलएम सुविर ब्रदर्शलाई संचालनको जिम्मा दिएको छ ।
एलएम सुविर यति होल्डिङसको भगिनी संस्था हो। यसका मालिक हुन् पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परेका आङछिरीङ शेर्पा । शेर्पाले सन् १९९५ देखि उक्त रिसोर्ट लिजमा संचालन गर्दै आएका छन् ।
३० वर्षका लागि दरवारले उक्त रिसोर्ट संचालनको जिम्मा शेर्पालाई दिएको थियो । दरवार हत्याकान्डपछि उक्त सम्पति नेपाल ट्रष्टको नाममा आएको छ । राजनीतिक पहुँचका कारण नेपाल ट्रष्टले चाहेर पनि उक्त रिसोर्टको भाडा बढाउन सकेको छैन ।
एलएम सुविरले नेपाल ट्रष्टलाई अहिले वार्षिक दुई लाख ४० हजार अमेरिकी डलर रिसोर्टले भाडा तिर्दै आएको छ । दुई हजार नौ सय ७१ रोपनी जग्गामा रहेको होटलको सम्पूर्ण पुर्वाधार सहित एलएम सुविरले लिज लिएको हो ।
वार्षिक रुपमा तिर्ने भाडालाई नेपालीमा रुपान्तरण गर्दा दुई करोड ६६ लाख हुन आउँछ । आजको विनिमय दरमा उक्त रिसोर्टबाट सरकारले मासिक सात सय ४६ रुपैयाँ प्रति रोपनी मात्र भाडा लिदै आएको देखिन्छ । यो मूल्यमा रिसोर्ट क्षेत्रमा रहेको खाली जग्गा समेत अहिले भाडामा पाइदैन ।
सरकारले मूल्य बढाउने विषयमा एलएम सुविरसँग छलफल गर्न खोजेपछि उनीहरूले सम्झौता देखाउने गरेका छन्। हामी सम्झौता भन्दा बाहिर जान सकेनौ, नेपाल ट्रष्टका प्रवक्ता राजेश्वर ज्ञवालीले भने, ‘सम्झौताको म्याद सकिएपछि नियम अनुसार भाडा पुनरावलोकन हुन्छ ।’
नागरिकबाट





























प्रतिक्रिया