काठमाडौँ
राजधानीको धर्मस्थलीका १४ वर्षीय समित तिमिल्सिनाले एक मिनेटमा ११३ जनालाई अंकमाल गरेर गिनिज अफ वल्र्डको रेकर्ड ब्रेक गरेका छन् ।
यो भन्दा अगाडि एक मिनेटमा ८६ जनालाई अंकमाल (हग) गरेर अमेरिकी नागरिक जसन राइटरले गिनिज अफ वल्र्ड रेकर्ड बनाएका थिए । तर समितले एक मिनेटमा ११३ जनालाई अंकमाल गरेका छन् । यो अंकमाल उनले आफ्नै विद्यालयमा पढिरहेका विद्यार्थीहरुसँग गरेका हुन् ।
ती विधार्थीको दैनिक कार्य भनेकै दिनमा केही समय समितसँग अंकमाल गरेर बनाउनु पर्ने रुटिन नै थियो । लामो अभ्यासपछि साथीहरुको सहयोगमा बल्ल समितले यो कार्य पूरा गरेका छन् ।
समितले अध्ययन गर्दै आएको तारकेश्वर ६ धर्मस्थली काठमाडौंमा रहेको गुरुकुल विद्यालयले आइतबार विहान स्कुलमा समितको गिनिज अफ वल्र्ड रेकर्डका लागि अंकमाल गर्ने कार्यक्रम राखेको थियो । सोही कार्यक्रममा उनले एक मिनेटभित्र ११३ जनालाई अंकमाल गर्न भ्याए । ११३ जनामा एक/दुई जनाको अंकमाल केही कमजोर देखिए पनि बाँकी सबै अंकमाल उपयुक्त देखिएको सो कार्यक्रमको निर्णायक मण्डलले जनाएको छ ।
समितका बाबु सरोज तिमिल्सिनाले गिनिज अफ वल्र्ड रकेर्डका लागि सबै प्रक्रिया पूरा गरेर अंकमाल कार्यक्रम राखिएको र अव वल्र्ड रेकर्डका लागि यो भिडियो आफूहरुले चाँडै नै गिनिज अफ वल्र्ड रेकर्डको कार्यालय पठाउने बताए । छोराले एक मिनेटमा ११३ जनालाई अंकमाल गरेर यसअघिको रेकर्ड तोडेकोमा उनले खुसी व्यक्त गरे ।
गुरुकुल विद्यालयमा कक्षा ८ मा पढ्दै गरेका समितले करिब ६ महिनाको अभ्यासपछि एक मिनेटमा ११३ जनालाई अंकमाल गरेर जसनको रेकर्ड तोड्न सकेको बताए ।
राजधानीबाट































प्रतिक्रिया