पार्किङ्ग गरिएको पिकअप भ्यान तोडफोड गर्ने पक्राउ

पार्किङ्ग गरिएको पिकअप भ्यान तोडफोड गर्ने पक्राउ

केन्द्रबिन्दु
27
Shares

पोखरा । पार्किङ्ग गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा प्रहरीले कास्कीको पोखराबाट दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ चोरसाँघु नजिक पार्किङ्ग गरिराखिएको ग १ च १७२६ नम्बरको पिक अप भ्यान बिहीबार राति करीब साढे नौ बजेको समयमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाको आधिखोला गाउँपालिका वडा नं ६ बस्ने २१ वर्षीय सुनिल सार्की र सोही गाउँपालिकाको वडा न ३ बस्ने २१ वर्षकै सुमित परियार रहेका छन् । उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाम पोखरा नेतृत्वको टोलीले पक्राउ गरेको छ ।

उनीहरूले भ्यानका मालिक चित्रबहादुर सार्की समेतलाई अपशब्द प्रयोग गरेको प्रहरीको दाबी छ । पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुर अपराधमा पाँच दिनको म्याद थप भई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Logo