काठमाडौँमा यी हुन् आज बिजुली अवरुद्ध हुने स्थान

काठमाडौँमा यी हुन् आज बिजुली अवरुद्ध हुने स्थान

केन्द्रबिन्दु
96
Shares

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् अवरुद्ध हुने भएको छ । आज नक्साल सहायक वितरण केन्द्रको ओम फिडरअन्तर्गत पर्ने केही स्थानहरूमा ६ घण्टा विद्युत् अवरुद्ध हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले धोवीखोला पुलदेखी एसआर क्याटरिङ हुँदै धुम्बाराही मन्दिर तलबाट सुकेधारासम्मका क्षेत्रमा ६ घण्टा विद्युत् अवरुद्ध हुने जनाएको छ । ती क्षेत्रमा पोल सिफ्टिङको कामका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ।

निर्धारित समयअगाडि काम सकिए अगाडि नै विद्युत् सेवा सुरु हुने प्राधिकरणले जानकारी दिएको छ ।

Logo