काठमाडौँ । एन्फा महिला फुटबल लिगअन्तर्गत आजदेखि तेस्रो चरणका खेल हुँदै छन् । आज दुई वटा खेल हुने भएका छन् । दिउँसो साढे १२ बजे कोशी प्रदेश र कर्णाली प्रदेशबीच हुने पहिलो खेल एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ ।
यस्तै सातदोबाटोमै दिउँसो सवा चार बजे हुने खेलमा बागमती युथ क्लब र नेपाल पुलिस क्लबले खेल्नेछन् । पुलिस क्लब चार अङ्कसहित दोस्रो स्थानमा र बागमती युथ क्लब तीन अङ्कसहित चौथो स्थानमा छ । एन्फा महिला फुटबल लिगमा १० वटा टोली सहभागी छन् ।





























प्रतिक्रिया