नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णय गलतः नेकपा एस

नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णय गलतः नेकपा एस

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णयले जनताको निजी सम्पत्तीमाथिको संवैधानिक अधिकार हनन गरेको निष्कर्ष निकालेको छ ।

पार्टी जनताको पक्षमा उभिने र यसका लागि सबै किसिममा संवाद गर्दै दवाबमूलक कार्यक्रम गर्न समेत पहल गर्ने जनाएको छ । पीडित जनतासँग तत्काल अन्तरक्रिया गर्न र पार्टीको धारणा जनतासम्म पुर्‍याउन पार्टीका सम्बन्धित कमिटीहरूलाई निर्देशन समेत दिएको छ ।

उपत्यकाका पार्टीका नेताहरूको आजको डेलिकेशनलाई सम्बोधन गर्दै अध्यक्ष माधव नेपालले यस्तो निर्देशन दिएका हुन् । पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुरका जिल्ला अध्यक्ष हरिकृष्ण थापा र भक्तपुरका अध्यक्ष श्याम बस्नेतको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको छलफलपछि यस्तो निष्कर्ष निकालिएको हो ।

कार्यक्रममा अध्यक्ष माधव नेपाल, उपाध्यक्षहरू राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसालको उपस्थिति रहेको थियो ।

Logo