राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । कर्मचारीहरूलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् कम्पनीमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरूलाई कम्पनीको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैँयासम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ६.६६ प्रतिशत रहेको छ । सम्झौताअनुसार कम्पनीका कर्मचारीहरूको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । सम्भौता पश्चात् दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

Logo