साताको पहिलो दिन आज शेयर बजारमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक २५.४६ अंक घटेर २७०१.९० विन्दुमा झरेको हो ।
आज ३२८ स्टकको १ लाख १२ हजार ३०० पटकको कारोबारमा १० अर्ब १२ करोड २४ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड २२ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
आज सिईडिबी हाईड्रोपावर, हाईड्रो इलेक्टिसिटि, ग्रिन लाइफ, गुडबिल फाइनान्स, एनएलजी इन्स्योरेन्स, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन रि, नेपाल फाइनान्स, निफ्रा र सानिमा माईको सर्वाधिक कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।





























प्रतिक्रिया