सविन श्रेष्ठको गीत ‘माया’ सार्वजनिक [भिडियोसहित]

सविन श्रेष्ठको गीत ‘माया’ सार्वजनिक [भिडियोसहित]

केन्द्रबिन्दु
72
Shares

काठमाडौँ । सविन श्रेष्ठको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘माया’ बोलको गीत उनले आइतबार युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

सविनको स्वर रहेको गीतमा शब्द तथा संगीत पनि सविन स्वयंको रहेको छ । प्रेमिल गीतले प्रेम, समर्पण, कल्पना र वियोग प्रस्तुत गरेको छ । सँगै गीतले एक्लो जिन्दगीको कथा भन्ने प्रयास गरेको छ । गीतले दुर्घटनामा परेर आफूले माया गरेको मान्छेलाई गुमाएपछि एक्लो जीवन र संघर्षशील कथा भनेको छ ।

गीतको भिडियो पनि निर्माण गरिएको छ । संकल्प भुजेलले खिचेको भिडियो भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । दिमेश श्रेष्ठले निर्देशन गरेको भिडियोमा विकेश श्रेष्ठ र प्रविना वाइबाको अभिनय छ ।

https://youtu.be/IfjXr3mFhIk

Skip This
Skip This
Logo