प्रचण्ड पुत्री रेणु दाहाल भन्छिन्, ‘रबि लामिछाने पागल हुन्’

प्रचण्ड पुत्री रेणु दाहाल भन्छिन्, ‘रबि लामिछाने पागल हुन्’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सञ्चारकर्मी रबि लामिछाने फेरि विवादमा मुछिएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे गलत अभिव्यक्ति दिएका रवि विवादमा मुछिएका हुन् । विशेषगरी उनी नेकपा नेता तथा कार्यकर्ताहरुबाट अट्याकमा परेका छन् ।

सिधा कुरा जनतासँग कार्यक्रममा प्रचण्डलाइृ मरेपनि खासै फरक नपर्ने अभिव्यक्ति दिएपछि उनी विवादमा मुछिएका हुन् । भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्ड पुत्री रेणु दाहालले उनलाई पागलको संज्ञा दिएकी छन् ।

रविले प्रचण्डको बारेमा बोलेको भनाईमाथि टिप्पणी गर्दै उनले पागल भनेकी हुन् । नेकपाका एक युवा नेताले फेसबुकमा स्टाटस राखेका थिए । सोही स्ट्याटसमा प्रतिक्रिया दिँदै रेणुले रविलाई ‘पागलपन’ को संज्ञा दिएकी हुन् ।

पूर्व विद्यार्थी नेता हिमाल शर्माले पत्रकार रवि लामिछानेले प्रचण्ड प्रवृत्ति भन्दै दिएको कडा अभिव्यक्तिका बारेमा प्रश्न गर्दै स्टाटस लेखेका छन् । शर्माले लेखेका छन्, ‘प्रवृतिलाई हो भन्दै नितान्त व्यक्तिमाथि खनिनुलाई कस्तो प्रवृत्ति भन्छन् ? लामिछाने ज्यू !’ स्टाटसको कमेन्टमा रेणुले लेखेकी छन्, ‘पागलपन भनिन्छ दाइ’ ।

पूर्व सहकर्मी नेत्र विक्रम चन्दले आफूलाई पहिलो नम्बरमा मार्ने माइन्यूट तयार गरेको कुरा सरकार मार्फत प्रचण्डले सार्वजनिक गरेका थिए । यसबारे पत्रकार लामिछानेले कार्यक्रम सिधा कुरा जनतासँगमा खरो टिप्पणी गरेका थिए । उनले भने, ‘वाह कमरेड ! जनताका छोरा मरेकोमा पीर परेन तर आफूलाई मार्छु भन्दा बल्ल विप्लव माथि प्रतिबन्ध ?’ जनताको ज्यान असुरक्षित हुँदासम्म मतलव भएन तर आफूलाई मार्ने हो भनेपछि विप्लवमाथि प्रतिबन्ध भन्दै उनले प्रश्न उठाएका थिए । विप्लवको राजनीतिक विचारमाथि प्रतिबन्ध लगाउँदा राजनीतिज्ञलाई नभएर आम जनतालाई थप खतरा रहेको लामिछानेको आशय थियो ।

उनले थपे, ‘तपाईंसँगै देश बदल्न हिँडेका सबैको जीवन बदलिए तर जनताको अवस्था उस्तै । राजा फालेर जन्मिएका कयौं छोटे राजाहरुको विरोधमा विप्लवले मात्रै होइन सबैले विरोध गर्नै पर्छ, विप्लव प्रवृत्तिको समर्थन कुनै पनि कोणबाट होइन बरु प्रचण्ड प्रवृत्तिको विरोध हरेक कोणबाट गर्नुपर्छ ।’

लामिछानेको यही टिप्पणीलाई रेणुले ‘पागलपन’ भनेकी हुन् । स्मरण रहोस्, नेकपा अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाल टेलिभिजनमार्फत प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रम सुरु गरिएको थियो । त्यसको सञ्चालक रबि नै थिए । पछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि रविलाई उक्त कार्यक्रमबाट हटाएका थिए । उक्त कार्यक्रमबाट हटाईएपछि रविले नीजि टेलिभिजन न्यूज २४ मा सिधा कुरा जनतासँग ल्याएका हुन् ।

Logo