विराटनगरमा निषेधाज्ञा जारी, कारण के ?

विराटनगरमा निषेधाज्ञा जारी, कारण के ?

केन्द्रबिन्दु
387
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा जारी गरेको छ ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले आजबाट प्रदेश सभा सचिवालय अगाडि आमरण अनसन बस्ने तयारी गरेपछि शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा जारी गरेको हो ।

पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालको चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र, र जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफे चोकदेखि पूर्व निषेधाज्ञा जारी गरिएको छ । जहाँ सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्ना, प्रदर्शनीलगायत विरोधजन्य कार्यहरू गर्न रोक लगाइएको छ ।

Logo