काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँसहितका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो । यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक रहेका जयनारायण आचार्यलार्ई काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । काठमाडौँमा कार्यरत जितेन्द्र बस्नेत गृह मन्त्रालयमा सरुवा भएका छन् ।
यसैगरी सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्युठानमा रमा आचार्य सुवेदीलाई सीडीओ बनाएर पठाइएको छ । प्युठानका सीडीओ नारायणप्रसाद अर्याललाई मन्त्रालयमा तानिएको छ ।
गृह मन्त्रालयले अर्घाखाँचीमा बाबुलाल अर्याललाई पठाएको छ भने अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटामा पठाइएको छ । यसैगरी टोकराज पाण्डेलाई गृह मन्त्रालयमै सरुवा गरिएको छ । तर उनको जिम्मेवारी तोकिन बाँकी छ ।





























प्रतिक्रिया