गण्डकी प्रदेशसभा बैठक बस्दै

गण्डकी प्रदेशसभा बैठक बस्दै

केन्द्रबिन्दु
9
Shares

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्दै छ । चालू आर्थिक वर्ष २०८१–८२ को बजेट पारित गरेपछि स्थगन भएको प्रदेशसभा बैठक दुई महिनापछि बस्न लागेको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवदीले जानकारी दिए । प्रदेशसभामा अहिले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र निजी फर्मसम्बन्धी विधेयक छलफलका क्रममा रहेको उनको भनाइ छ ।

प्रदेश सरकारले साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक पनि केही दिनअघि प्रदेशसभा सचिवालयलमा दर्ता गराएको थियो ।

Logo