आजदेखि राहदानी विभागको कार्यालय ९ बजेदेखि ५ बजेसम्म खुल्ने

आजदेखि राहदानी विभागको कार्यालय ९ बजेदेखि ५ बजेसम्म खुल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अब राहदानी विभागको कार्यालय १ घण्टा बढी खुल्ने भएका छन् । सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै राहदानी विभागले १०–५ को कार्यालय समयमा पुनरावलोकन गर्दै ९ देखि ५ बनाएको हो ।

आजबाट ९ बजे खुलेर ५ बजे बन्द हुनेछ । शुक्रबार भने ३ बजेसम्म सेवाप्रवाह हुने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए ।

सरकारले हाल देशभरका जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र विदेशस्थित कूटनीतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ ।

Logo