दोलखामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

दोलखामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दोलखामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हीराप्रसाद मिजार   बा ४ ख ४५७३ नम्बरको बस शुक्रबार बिहान ७ः४५ बजे बिगो गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

उक्त सिनो हाइड्रोले भाडामा लिएर चलाएको बुझिएको छ । घाइते २४ जनाको जिल्ला सदरमुकाम चरिकोटका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ । घाइतेमध्ये ४ को अवस्था गम्भीर छ ।

Logo