कलाकार रजनी गुरुङले ल्याइन् ‘साँच्चै भन त’ [भिडियोसहित]

कलाकार रजनी गुरुङले ल्याइन् ‘साँच्चै भन त’ [भिडियोसहित]

केन्द्रबिन्दु
522
Shares

काठमाडौँ । अभिनेत्री तथा मोडल रजनी गुरुङको ‘साँच्चै भन त’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । आफ्नै प्रस्तुति रहेको उनले (मंगली) उपनामले समेत चिनिने आफ्नै युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरेकी हुन् ।

गीतमा खेम सेञ्चुरी र मेलिना राईको स्वर छ । शब्द, संगीत शिव हमालको रहेको छ । भिडियोमा रजनीसहित पल शाह र विजय पुनको अभिनय रहेको छ । भिडियो मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा बनेको हो ।

रजनीले केही फिल्म र थुप्रै म्युजिक भिडिओमा अभिनयसमेत गरेकी छिन् । टलकजंग भर्सेस टुल्के, मट्टीमाला, साली कसको भेनाको, महाजात्रा इत्यादि उनी अभिनित फिल्महरू हुन् । कहाँको साइनो, सोल्टी बजार आदि उनी अभिनित चर्चित गीतमा पर्छन् । मंगली उपनाम भने उनले हास्य सिरियल मेरी बास्सैबाट पाएकी हुन् । यो सिरियलमा बुद्धि तामाङ हैटको जोडीका रूपमा रजनीले मंगलीको भूमिका निभाएकी छिन् ।

आफ्नो प्रस्तुतिमा पहिलो पटक गीत ल्याएकी उनले यसमा भरपूर मेहनत गरिएको बताइन् । ‘यो फरक शैलीको तर मौलिक गीत हो ।’ उनले भनिन्, ‘दर्शकहरूले रूचाउने विश्वास छ।’ कलाकारीताको लामो यात्रमा मंगली बनेर दर्शकहरूको मन जित्ने कोसिस गरिरहेको उनको भनाइ छ । रजनीले यसअघि पनि माइली साली, सोल्टी बजारमा, माली गाईलाई बाटेको दाम्ला बोलको गीतमा अभिनय गरिसकेकी छिन् ।

Logo