काठमाडौं । नेपाली समाजको पुरातन धारणा छ, पुर्खाको वंश छोराले धान्छ । यहि धारणाको कारण पिताले आर्जन गरेका सीप, सम्पती, स्वामित्व सबैकुरा छोरालाई सुम्पने गरिन्छ । कतिपय अवस्थामा पिताको पेशा, प्रतिष्ठाको पगरी पनि पुस्तान्तरणसँगै छोरालाई छाड्ने गरिन्छ । धेरै पिताको चाहाना हुन्छ, छोराले मेरो पदचाप पछ्याओस् ।
तर यो सोच अहिले भने पुरानो बन्दै गएको छ । पितृसत्ताले गाँजेको यो समाजमा अहिले धेरैजसो छोरीहरु चर्चाको शिखरमा छन् । पिताको विरासत छोरीले थामेका छन् । छोरीले नै पिताको पदचाप पच्छ्याएका छन् । र कतिपयले आफ्नो छुट्टै क्षेत्रमा नेम र फेम कमाएका छन् भने कतिले पिताको नेम र फेमलाई उछिनेर अझ माथिको स्थान बनाएका छन् ।
उनीहरुले आफ्नो घरपरिवार, समाज मात्र नभएर देशकै प्रतिष्ठा बढाएका छन् । साहित्यकार मञ्जुश्री थापा पूर्व परराष्ट्रमन्त्री तथा राजदुत डा. भेष बहादुर थापाकी छोरी हुन् । त्यस्तै शिवानी सिंह थारु पूर्व मोडल तथा टेलिभिजन प्रस्तोता हुन् । साथै उनी साहित्यकार पनि हुन् । उनका बुवा फत्तेसिंह थारु राप्रपाका पुर्वमन्त्री हुन् ।
त्यस्तै साहित्यकार जनकवि केशरी धर्मराज थापाकी छोरी ज्ञानु राणा प्रख्यात गायिका हुन् भने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी श्रीमती हिसिला यमी नयाँ शक्ति पार्टीकी केन्द्रिय नेता हुन् । यो तिनै पिता र पुत्रीको कथा हो, जसले एउटै पेशामा मात्र नभएर फरक फरक पेशामा प्रतिष्ठा एंव ख्याती कमाएका छन् ।





























प्रतिक्रिया