काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा परिषद्का सबै सदस्य सहभागी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रिय सभाको अध्यक्ष नारायणप्रसाद दाहाल, विपक्षी दलको नेता पुष्पकमल दाहाल प्रचण्ड र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहभागी छन् ।
बैठकमा भावी प्रधानन्यायाधीश, निर्वाचन आयुक्त लगायत संवैधानिक पदहरुमा सिफारिस गर्ने एजेण्डा रहेको बताइएको छ । श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाशमा जाने भएपछि सर्वोच्चको नयाँ प्रधानन्यायाधीश सिफारिस हुन लागेको छ । सर्वोच्चको न्यायाधीशको वरिष्ठतामा न्यायाधीश प्रकाशमानसिंह राउत अगाडि छन्।





























प्रतिक्रिया