पशुपति शर्मालाई च्यालेन्ज: पेरिसडाँडामा गुन्जियो, ‘लुट्नुहुन्न देश’

पशुपति शर्मालाई च्यालेन्ज: पेरिसडाँडामा गुन्जियो, ‘लुट्नुहुन्न देश’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा सम्बद्ध गायकहरुले पशुपति शर्मालाई च्यालेञ्ज दिनेगरी गीत निकालेका छन् । पशुपति शर्माको गीत ‘लुट्न सके लुट् कान्छा’ लाई च्यालेञ्ज गर्दै नेकपासम्बद्ध गायकले ‘लुट्न हुन्न देश’ निकालेका हुन् ।

‘लुट्नुहुन्न देश कान्छा लुट्नु हुन्न देश’ बोल रहेको गीत बिहीबार नेकपा कार्यालय (पूर्व माओवादी केन्द्र मुख्यालय) मा आयोजित एक कार्यक्रममा गाइएको हो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतालाई मञ्चमा राखेर कलाकारले गीत गाएका थिए।

काठमाडौँमा जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा बेपत्ता परिवार अभिनन्दन गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्वीर: चन्द्रकला क्षेत्री, काठमाडौँ, रासस

पशुपति शर्माले देशका बेथितिलाई लक्षित गरेर निकालेको गीत नेकपाकै युवा संघ लगायतको तीब्र विरोधपछि उनले युट्युबबाट हटाएको थियो । उनले हटाए पनि गीत डाउनलोड गरेर सयौँ अकाउन्टहरूमा पुनः अपलोड भइसकेको थियो।

पेरिसडाँडामा आयोजित ‘सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम’ मा यो गीत घन्किँदा सहिद परिवारका सदस्यहरू नाचेका थिए।

Logo