अवैध हतियार बुझाउन सरकारले ३५ दिने अल्टिमेटम

अवैध हतियार बुझाउन सरकारले ३५ दिने अल्टिमेटम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले अवैध हतियार बुझाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएपछि सरकारले अवैध हतियार बुझाउन ३५ दिने सूचना जारी गरेको हो ।

विप्लव समूहका कार्यकर्ताहरू ठाउँठाउँबाट अवैध हतियारसहित पक्राउ पर्न थालेपछि सरकारले त्यस्ता हतियार बुझाउन ३५ दिने सूचना जारी गरेको हो ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मंगलबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिए। सरकारले जारी गरेको सूचनाभित्र हतियार बुझाउनेलाई त्यस्ता हतियार राखेवापत् कुनै कानुनी कारबाही नहुने उनले बताए ।

स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन भनिएको छ ।

Logo