तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
90
Shares

२०८१ भदौ ३० देखि असाेज ०५ गतेसम्मको राशिफल ।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ ।

तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुहाेस् । हामीले प्रदान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामीले दिएको उपाय प्रयाेग गर्नुभयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –

मेष राशि

तपाईंको लागि यो साता राम्रो रहनेछ । मानिसहरू तपाईंबाट प्रेरित हुनेछन्। कुनै धार्मिक कार्यको तयारी गर्न सकिनेछ । समाजमा पहिचान राम्रो हुनेछ। मानिसहरूले तपाईंको सुझावहरूमा ध्यान दिनेछन्।उधारो दिएको पैसा फिर्ता हुने सम्भावना छ । रोजगारी भएका व्यक्तिले पदोन्नति पाउन सक्नेछन् । ठूला बहुराष्ट्रिय कम्पनीबाट कामको प्रस्ताव आउने सम्भावना छ । करियरका नयाँ लक्ष्यहरूप्रति दृढ संकल्प हुनेछन्। सन्तानको व्यवहारबाट आनन्दको अनुभव गर्नुहुनेछ। जीवनसाथीबाट पर्याप्त सहयोग मिल्नेछ।

यो साता घरको अत्यावश्यक वस्तुमा पैसा खर्च गर्न सकिनेछ। परिवारमा शुभ कार्यको योजना बन्नेछ, नयाँ सवारी साधन वा नयाँ ghar खरिद गर्ने मौका मिल्नेछ। थोरै परिश्रममा बढी नाफा मिल्नेछ । कानुनी पेशासँग सम्बन्धित व्यक्तिहरूका लागि साता शुभ रहनेछ।

उपाय- ॐ गम गणपताय नमः नियमित जप गर्नुहोस् ।

वृष राशि

यस साता पारिवारिक जीवन सुखद रहनेछ । यस समयमा तपाईंले आफ्नो परिवारका सदस्यहरूसँग सौहार्दपूर्ण सम्बन्ध निर्माण गर्नुहुनेछ। परिवारमा शुभ कार्यको रूपरेखा बन्नेछ, परिवारमा आनन्दको वातावरण बन्नेछ। यो साता तपाईंको करियरको लागी निकै शुभ साबित हुनेछ । अचानक आर्थिक लाभको कारण तपाईंको आर्थिक स्थिति धेरै बलियो हुनसक्छ। व्यापारमा ठूलाठूला ठेक्का मिल्ने सम्भावना छ । परिवार र साथीहरूले तपाईंको उपलब्धिहरूको प्रशंसा गर्नेछन्। यसले तपाईंको सामाजिक सर्कल बढाउँछ।

घरको मर्मत सम्भार गर्ने सोचाइ रहनेछ । व्यापार व्यवसायमा तपाईले तुरुन्तै लिएका निर्णयहरू लाभदायक हुनेछन्। यो साता पुरानो लगानीबाट लाभ मिल्नेछ।लामो समयदेखि चलिरहेको सम्पत्तिसम्बन्धी विवादको अन्त्य हुनेछ। कार्यस्थलमा तपाईंको आफ्नै विश्वासपात्रहरूले धोका दिने डर हुनेछ, केही प्रभावशाली व्यक्तिहरूसँग तपाईंको सम्पर्क बढ्नेछ र यी सम्पर्कहरूले तपाईंलाई फाइदा पुर्‍याउनेछन्।

उपाय- देवी अथर्वशीर्षको नियमित पाठ गर्नुहोस् ।

मिथुन राशि

मिथुन राशिका व्यक्तिहरुका लागि साताको अधिकांश समय शुभ रहनेछ । तपाईंको कीर्ति र प्रतिष्ठा बढ्नेछ। चलचित्र र चिकित्सा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले उत्कृष्ट लाभ प्राप्त गर्न सक्छन्। अविवाहितको विवाह तय हुन सक्छ। दाजुभाइसँगको सम्बन्ध सुमधुर रहनेछ । साथीहरूले सहयोग गर्ने प्रयास गर्नेछन्। रोजगारी भएकाले टाढाटाढाको यात्रा गर्नुपर्नेछ । तीर्थयात्राका लागि साता निकै शुभ रहनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ। तपाईं कुनै षड्यन्त्रको सिकार बन्न सक्नुहुन्छ, सावधान रहनुहोस्।

यो साता तपाईंले आफ्नो करियरमा राम्रो काम गर्नुहुनेछ, कार्यस्थलमा तपाईंलाई खुशी मिल्नेछ, आफ्नो करियर र जागिरको बारेमा नयाँ लक्ष्यहरू प्राप्त गर्नुहुनेछ ।अविवाहित हुनुहुन्छ भने विवाहको प्रस्ताव आउन सक्छ ।यात्रा सम्बन्धी केही योजना बनाउन सक्नुहुन्छ । आयात–निर्यात तथा वैदेशिक कार्यमा राम्रो प्रतिफल मिल्नेछ । धन समस्या समाधान हुन सक्छ ।

उपाय- आदित्य हृदय स्रोतको पाठ नियमित गर्नुस् ।

कर्कट राशि

यो साता कर्कट राशिका व्यक्तिहरूलाई कार्यस्थलमा सहकर्मीको सहयोगमा धेरै कठिन कार्यहरू पूरा गर्न सकिन्छ। भावनात्मक रूपमा धेरै बलियो हुनेछ। मानसिक र आध्यात्मिक रूपमा ठूलो सन्तुष्टिको अनुभव गर्नुहुनेछ। मनोरञ्जनमा समय बित्नेछ। आफ्नो क्षमता प्रमाणित गर्ने प्रयास सफल हुनेछ। मिहिनेतका साथसाथै भाग्यको पनि पूर्ण सहयोग मिल्नेछ ।

जनसम्पर्कका कारण तपाईंको लोकप्रियता बढ्नेछ । धेरै सोच्नुको सट्टा तुरुन्तै यसमा काम गर्नु तपाईंको लागि फाइदाजनक हुनेछ । अनुभवी व्यक्तिबाट मार्गदर्शन प्राप्त हुनेछ।व्यापारमा नयाँ लगानी भविष्यमा लाभदायक साबित हुनेछ।जग्गाजमिन सम्वन्धी काम सफल हुन कठिनाइको सामना गर्नुपर्नेछ ।

उपाय – प्रत्येक दिन ॐ नमः शिवाय मन्त्रको एक माला जप गर्नुहोस्।

सिंह राशि

यो साताको शुरुवातले तपाईंको काममा ठूलो सफलता दिनेछ । चिकित्सा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको आय र सामाजिक प्रतिष्ठा दुवै बढ्नेछ। कलामा रुचि बढ्नेछ । महत्वपूर्ण काममा मन लाग्नेछ । विपक्षीलाई सजिलै पराजित गर्न सकिनेछ । बिदा मनाउन विदेश जान सकिन्छ । हाम्रो लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्नेछ। बिरामीको स्वास्थ्यमा सुधार आउने सम्भावना छ ।

आफ्ना उपलब्धिहरूका कारण तपाईं विश्वस्त हुनुहुनेछ। दाम्पत्य सम्बन्ध धेरै मधुर रहनेछ।व्यापारमा नयाँ कार्य योजना सफल हुनेछ। उच्च शिक्षा तथा वैदेशिक शिक्षामा सफलता मिल्नेछ । कुनै पनि ठूलो लगानी गर्नुअघि राम्रोसँग सोच्नुहोस्। सवारी साधन तथा मेसिनरी प्रयोग गर्दा सावधानी अपनाउनुहोला ।

उपायः ॐ नम शिवाय नियमित एकमाला जप गर्नुहोस्।

कन्या राशि

यो साता तपाईंले आफ्नो प्रतिभाको उचित उपयोग गर्नुहुनेछ । अनुशासनका कारण तपाईंको दिनचर्या राम्रो रहनेछ। राजनीतिमा आबद्ध व्यक्तिले नयाँ दिशा पाउनेछन् । समयमा सकारात्मक परिवर्तन देखिनेछ। एकाग्रताका साथ काम गर्दा सफलता सुनिश्चित हुनेछ। आफ्ना मातहतका कर्मचारीसँगको सम्बन्ध प्रगाढ हुनेछ । आफूलाई सुधार्ने प्रयास गर्नुहोस्। सबै व्यापार कार्यहरू समयमै पूरा हुनेछन्।

मंगलबारदेखि बिहीबारसम्मको समय शुभ रहनेछ । अधिक लोकप्रिय हुन प्रयास नदेखाउनुहोस्। कसैको सहयोग लिन नहिचकिचाउनुहोस्। एकैसाथ धेरै परियोजनाहरू सुरु गर्नु तपाईंको सर्वोत्तम हितमा हुनेछैन। बिद्यार्थीका लागि पढाईमा थप मिहिनेत गर्नुपर्नेछ ।

उपाय- हनुमान चालिसा नियमित जप गर्नुस् ।

तुला राशि

यो साता तपाईंले करियरको क्षेत्रमा धेरै निर्णयहरू लिनु पर्नेछ, काममा थोरै लापरवाहीले घातक परिणाम ल्याउनेछ । जबकी मेडिकल, फार्मा विद्यार्थीहरूलाई करियरमा राम्रो सफलता मिल्नेछ, नर्सिङ तथा कम्प्युटर सम्बन्धी परीक्षा तथा प्रतिस्पर्धामा मनपर्ने नतिजा हात लाग्नेछ । यो साता दिमागले सोचेर मात्रै निर्णय लिनुपर्छ । आफ्नो व्यस्तताका कारण मानिसहरुलाई समय दिन सक्नुहुने छैन ।

रोजगारीमा रहेका व्यक्तिहरुको अपेक्षा अनुसार स्थानान्तरण हुन सक्छ । नयाँ कामको थालनी गर्दा फाइदा हुनेछ । विद्यार्थीहरूले अध्ययनमा आफ्नो प्रदर्शन सुधार्ने प्रयास गर्नेछन्। यो साता आशावादी र ऊर्जावान महसुस हुनेछ। पैसा लेनदेनमा सफलता मिल्नेछ । अनुसन्धान कार्यमा संलग्न व्यक्तिहरूले ठूलो सफलता हात पार्न सक्छन्। दाम्पत्य सम्बन्धमा तनाव आउने सम्भावना छ ।

उपाय- नियमित दुर्गा चालिसा पाठ गर्नुस् ।

वृश्चिक राशि

यो साता पुराना योजना कार्यान्वयनमा देखिएका समस्या समाधान हुनेछन् । बुद्धिमत्तापूर्वक समस्याको समाधान खोज्नेछ । दक्षताका कारण ठूला उपलब्धि हात पार्न सकिनेछ । आफ्नो स्वभावमा लचकता आएमा फाइदा हुनेछ । तपाईंको प्रतिभा र छवि स्पष्ट रूपमा बाहिर आउनेछ। यो साता तपाईं आराम र ऊर्जावान महसुस गर्नुहुनेछ। अविवाहितको विवाह तय हुन सक्छ। कृषि तथा बागवानी सम्बन्धी कामबाट लाभ मिल्नेछ ।

जीवनमा रहेको उथलपुथल हट्नेछ । मानसिक रुपमा शान्त रहनेछ । करियरको दृष्टिकोणले समय राम्रो छ, प्रतियोगी परीक्षा र विभागीय परीक्षाको नतिजा अपेक्षित रूपमा रहनेछ, मान, प्रतिष्ठा र प्रतिष्ठामा वृद्धि हुनेछ। इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनिक क्षेत्रमा संलग्न युवाहरूले पुरस्कार र उपहार प्राप्त गर्नेछन्।

उपाय- ॐ गम गणपताय नम नियमित जप गर्नुस् ।

धनु राशि

यो साता सिर्जनात्मक क्षेत्रसँग सम्बन्धित युवाहरूको करियरमा विशेष प्रगति हुनेछ, यदि तपाईं आफ्नो नेटवर्किंङ बढाउन चाहनुहुन्छ भने, प्रयास गर्नुहोस् र केहि शुभ समाचार प्राप्त हुनेछ । केही नयाँ गर्ने इच्छा जाग्नेछ र त्यसका लागि पक्कै पनि सफलता मिल्नेछ। अरूको काममा धेरै हस्तक्षेप नगर्नुहोस्। कुनै कुराको चिन्ता नगर्नुहोस्। अनावश्यक कुरालाई धेरै महत्व नदिनुहोस्।

पछिल्ला केही दिनदेखि चलिरहेको पारिवारिक समस्यालाई सजिलै समाधान गर्नुहुनेछ। आफन्तको सहयोगले घरपरिवारमा शुभ कार्य सम्पन्न हुनेछन् । यो हप्ता तपाईंको व्यक्तिगत जीवनमा केहि अप्रत्याशित र सुखद घटनाहरु घट्नेछन्, जसले तपाईंको मनलाई खुशी हुनेछ । यदि तपाईं अविवाहित हुनुहुन्छ भने तपाईलाई विवाहको प्रस्ताव आउन सक्छ।

उपाय- ॐ नम शिबायको नियमित जप गर्नुस् ।

मकर राशि

यो साताको प्रतिष्ठित व्यक्तिहरूसँगको भेटघाट बढ्नेछ । तपाईंको उदारताको कारण मानिसहरू तपाईंको प्रशंसक बन्नेछन्। कुनै ठुलो काम सम्पन्न भएपछि तपाईं धेरै खुसी हुनुहुनेछ। अविवाहित व्यक्तिहरूसँग राम्रो वैवाहिक सम्बन्ध बन्न सक्छ। उच्च अधिकारीको सहयोगले काममा सहजता आउनेछ।

यो साता तपाईंले आफ्नो अधिकांश समय राम्रोसँग बिताउनुहुनेछ। उत्पादनमूलक व्यवसायमा बिक्री बढ्न सक्छ। यस राशीका पुरुषहरुले महिलाप्रति राम्रो व्यवहार गर्नुपर्छ । केही कामुक विचारका कारण झमेलामा पर्न सक्छन्। अरूप्रति अत्यधिक उदार मनोवृत्ति तपाईंको लागि लाभदायक हुनेछैन। अपरिचित व्यक्तिसङ पैसाको कारोबार नगर्नुस । बेरोजगारले रोजगारीको अवसर प्राप्त गर्नेछन् ।

उपाय- गणेश अर्थवशीर्ष पाठ गर्नुस् । गणेशजीलाई दुबो चढाउनुस् ।

कुम्भ राशि

यो साता कुम्भ राशिका व्यक्तिहरुको लागि अनुकूल अवसरहरूले भरिपूर्ण रहनेछ। साताको सुरुमा ठूलो खर्चको सामना गर्नु पर्नेछ। दाजुभाइसँगको सम्बन्ध मधुर रहनेछ । योजनाबद्ध रूपमा काम गर्नु तपाईंको लागि लाभदायक हुनेछ। कामको दबाब रहनेछ । जीवनसाथीसँगको सम्बन्ध मधुर रहनेछ । काममा विस्तार हुने प्रबल सम्भावना छ । रचनात्मक कार्यमा रुचि बढ्नेछ। प्रतिस्पर्धात्मक परीक्षामा सफलता मिल्न सक्छ । सामाजिक कार्यमा रुचि बढ्ने छ ।

यस समय तपाईंको करियरमा केहि परिवर्तन हुने छ, काममा तपाईंको स्थान परिवर्तन हुने सम्भावना छ । व्यापारमा नयाँ कार्य योजना सफल हुनेछ । उच्च शिक्षा तथा वैदेशिक शिक्षामा सफलता मिल्नेछ ।बेरोजगारले रोजगारीको अवसर प्राप्त गर्नेछन् । दाम्पत्य जीवनमा खुशीको वातावरण रहनेछ।

उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।

मीन राशि

यो साता बलियो इच्छाशक्तिको प्रभावले तपाईंले व्यापारमा लाभदायक अवस्था सिर्जना गर्न सक्नुहुनेछ । नयाँ र रोमाञ्चक काम गर्ने प्रयास हुनेछ। मतभेद बिर्सेर अगाडि बढ्ने प्रयास गर्नुहोस्। वरिष्ठ अधिकारीहरूसँगको सम्बन्ध प्रगाढ हुनेछ। बृद्धबृद्धाहरु प्रति असल व्यवहार राख्नुहोस् । तपाईं आफ्नो प्रेमीलाई केही उपहार दिन सक्नुहुन्छ। योजनाहरु कार्यान्वयन गर्न सहज हुनेछ । परिवारका सदस्यहरूसँग आफ्नो विचार साझा गर्नुस ।

यो साता करियरमा प्रगति हुनेछ, काममा जिम्मेवारीहरू बढ्नेछन् । नया जागिरको शुभ समाचार प्राप्त हुने सम्भावना छ । यो साता पारिवारिक समस्या समाधान गरी जिम्मेवारी पूरा गर्न सकिनेछ । तपाईंले शुभचिन्तकहरूबाट धेरै सहयोग प्राप्त गर्न सक्नुहुन्छ, त्यसैले तिनीहरूलाई बेवास्ता नगर्नुहोस्। दाम्पत्य सम्बन्धमा संयमता अपनाउनुहोला। अचानक प्रतिक्रियाले तपाईको काम बिग्रन सक्छ।

उपाय- ॐ नमो भगवते बासुदेबाय नियमित जप गर्नुस् ।

Logo