बङ्गलादेशमा लोडसेडिङका कारण जनजीवन प्रभावित

बङ्गलादेशमा लोडसेडिङका कारण जनजीवन प्रभावित

केन्द्रबिन्दु
12
Shares

ढाका । केही दिनदेखि बङ्गलादेशका ठूलो परिमाणमा लोडसेडिङका कारण जनजीवन प्रभावित बनेको छ । डलरको सङ्कटका कारण इन्धन आपूर्ति हुन नसक्दा विद्युत् गृहमा उत्पादन घटेको अधिकारीहरूले बताएका छन् ।

यसका साथै इन्धन आयातमा निर्भरताका कारण सरकारले निजी ऊर्जा कम्पनीहरूको बक्यौता पनि बढाइरहेको छ । जसका कारण मागअनुसार विद्युत् उत्पादन हुन सकिरहेको छैन ।

ऊर्जा विज्ञहरूले शेख हसिनाको सरकारले छोडेको आर्थिक विनाशले सम्पूर्ण विद्युत् उद्योगलाई गम्भीर सङ्कटमा पारेको बताएका छन् । अहिलेको अवस्थामा अन्तरिम सरकारले यस शीर्षकमा प्राथमिकताका आधारमा रकम विनियोजन गर्नुपर्ने छ । पूर्ण भुक्तानी सम्भव नभए पनि निर्वाध विद्युत् आपूर्ति कायम गर्न आवश्यक रकम विनियोजन गर्नुपर्नेछ ।

ऊर्जा तथा ऊर्जा सल्लाहकार मोहम्मद फुजुल कबिर खानले सङ्कट समाधानका लागि समयमै कदम चालिएको बताए । इन्धन आयातको रकम डलरमा भुक्तानी भइरहेको उनले बताए ।

बङ्गलादेशको विद्युत् अभावको मूल कारण डलरको सङ्कट रहेको उद्योगका जानकारहरू बताउँछन् । यसले गर्दा अन्य सबै समस्या पनि उत्पन्न भएका छन् । उनले भने, “अघिल्लो सरकारले सोचविचार नै नगरी सुरु गरेका विद्युत् आयोजनाको मार आम नागरिकले भोगिरहेका छन् ।”

बङ्गलादेशको हालको विद्युत् उत्पादन क्षमता २७ हजार मेगावाटभन्दा बढी भए पनि आन्तरिक माग भने १६ हजार मेगावाटभन्दा कम छ ।

Logo