कञ्चनपुर
बालिका निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा ‘यातना तथा सार्वजनिक’ न्यायविरुद्धको कसुरमा मुद्दा चलाइएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित आठजनाको थुनछेक बहस सकिएको छ । जिल्ला अदालतमा न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासमा दुई दिन भएको बहसको सुनुवाइ बिहीबार हुने अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए । वादी, प्रतिवादी र एमिकस क्युरीका अधिवक्ताले मंगलबार र बुधबार बहस गरेका थिए ।
तत्कालीन एसपी विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीश भट्ट, सइ द्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदको थुनछेक बहस भएको हो ।
आठै जनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुरमा प्रहरीमा मुद्दा दायर गरेकी थिइन् । यस्तै एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्स्पेक्टर खड्काविरुद्ध दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले पनि यातना कसुरसम्बन्धी मुद्दा दायर गरेका थिए । निर्मलालाई बलात्कार गरेको आरोपमा ४१ वर्षीय दिलीपलाई पक्राउ गरी डिल्ली विष्ट नेतृत्वको प्रहरीले यातना दिएर अपराध स्विकार्न बाध्य पारेको थियो । ४ भदौमा अभियुक्तका रूपमा सार्वजनिक गरेका उनी पछि डिएनए रिपोर्टमा निर्दोष देखिएका थिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया