काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा मुस्लिम आयोगको आव २०७९–८० को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
मन्त्री गुरुङले पेस गरेको ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ ।
उक्त प्रस्तावमाथिको छलफलमा पदमबहादुर परिवारले रेडियो भूमिकाको सन्दर्भमा स्पष्ट पार्नुपर्ने सुझाव दिएका छन् । राष्ट्रियसभा नियमावली २०७५ को नियम १८४ को उपनियम (३) बमोजिम सदस्यहरूबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृत भएको छ ।





























प्रतिक्रिया