काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख हटाउने विषयमा कुनै छलफल नभएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन् ।
‘प्रस्तावै नगरेको विषयमा कसरी छलफल भयो ? संसद्मा छलफल गरेको विषयमा पनि होइन । कसैले कुरा गरेको भनेको विषयमा उत्पातै मच्चाए । संसद्मा के भएछ भनेर सोध्न पनि नहुने ? जातीयता र वर्गको कुरा उछालेका छन् । यस्ता अनावश्यक कुरा नउचाल्न म माननीयजूलाई आग्रह गर्दछु’, उनले भने । भदौ २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे छलफल भएको बताइएको थियो ।































प्रतिक्रिया