प्रतिनिधिसभाको आजको बैठक राष्ट्रिय जनता पार्टी (राजपा)ले अवरुद्ध गरेको छ । बैठक सुरु नहुदै राजपाका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।
त्यसपछि बोल्न समय पाएका राजपा सांसद राजकिसोर यादवले गिरिशचन्द्र लालको नेतृत्वमा २०७३ असोज २ गते गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद बैठक अवरोध गरिरहने बताए । बैठकमा बोल्दै सांसद यादवले प्रतिवेदन सार्वजनिक नगरेसम्म बैठकको काम अघि बढ्न नदिने भन्दै अवरोध गरिरहने बताएसँगै बैठक अबरुद्ध भयो ।
सभामुख कृष्णबहादुर महराले पटक पटक बस्न र बैठकको कारवाही अघि बढाउन सहयोग गर्न आग्रह गरे पनि विरोध जारी रहेपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको छ ।





























प्रतिक्रिया