नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको पछिल्लो निर्णय सही भएको बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै देउवाले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णय सही भएको प्रतिक्रिया दिएका हुन्।
जथाभावी आक्रमण गर्ने र अशान्ति मच्चाउने कार्य रोक्न कडा कारबाही गर्नुपर्ने बताउदै देउवाले भने, ‘विप्लवले मान्छे मार्ने, आतंक फैलाउने काम गरेको छ, हाम्रै मान्छे माथि पनि हत्या गर्नेगरी आक्रमण भयो, ।’ उनले विप्लवलाईप्रतिबन्ध मात्रै नभएर कारवाही नै गर्नुपर्ने औल्याए ।
त्यस्तै देउवाले सरकार र सिके राउतबीच भएको सहमति आफूहरुलाई अमान्य भएको बताए। देश टुक्र्याउने र विखण्डनकारीलाई कानुन अनुसार कारवाही गर्न उनले माग मागे । एक अर्को प्रसंगमा देउवाले रेशम चौधरीलाई जेल पठाउने आदेश उपर्युक्त भएको बताए। ‘प्रहरीलाई मार्ने, बच्चालाई मार्नेलाई जेल सजाय त हुनैपर्थ्यो नि हत्या त हत्या नै हो नि,’ देउवाले भने।































प्रतिक्रिया