सप्तरी दुर्घटना: ३ जनाको मृत्यु, यातायात ठप्प

सप्तरी दुर्घटना: ३ जनाको मृत्यु, यातायात ठप्प

केन्द्रबिन्दु
0
Shares

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कुसहामा सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ । बा १ ख ४९६४ नम्बर यात्रुबाहक बसले को ३४ प ६४३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा  मोटरसाइकलमा सवार  २ जना र बसमा सवार १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सप्तरीको सुरुङा नगरपालिका ५ का मो मजलुम मियाँ र रामे पासवान रहेका छन्।  उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। अर्का मृतकको सनाखत हुन् सकेको छैन।

बसमा सवार केही यात्रु घाइते भएका छन्।  उनीहरुको लहानस्थित बिभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

Logo