चार हजार विद्यालय पुननिर्माण सम्पन्न

चार हजार विद्यालय पुननिर्माण सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा) का वरिष्ठ इञ्जिनीयर उद्धव नेपालले विद्यालय व्यवस्थापन समितिमार्फत एक हजार ४३७, निर्माण व्यवसायीमार्फत ३१४ र गैरसरकारी क्षेत्रबाट २९२ विद्यालय गरी कूल दुई हजार ४३ विद्यालय निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ र शिक्षा पत्रकार समूहको आयोजनामा काभ्रेको धुलिखेलमा आयोजित छलफल कार्यक्रममा नेपालले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा, काठमाडौं र भक्तपुरमा एसियाली विकास बैंक (एडिबी), अमेरिकी सहयोग संस्था युएसएड र नेपाल सरकारको ९.६ अर्ब बजेटमा १५४ विद्यालय निर्माण गर्ने लक्ष्य रहेकामा ४१ विद्यालय निर्माण सम्पन्न भएका र ११३ विद्यालय अझै निर्माण हुन बाँकी रहेको जानकारी दिए ।
नागरिकबाट

Logo