काठमाडौं । सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृतवको नेकपामाथि प्रतिबन्ध लगाएको छ । आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको भन्दै सरकारले प्रतिबन्ध लगाएको हो ।
मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्न नदिने गरी प्रतिबन्ध लगाएको हो । बैठकमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास, विप्लव समूहका पछिल्ला गतिविधि, एनसेल लगायतका स्थानमा भएको बम विस्फोट र चन्द आतंकबारे व्रिफिङ गरेका थिए ।
त्यसअघि प्रधानमन्त्री ओलीले विप्लव समूहलाई नेकपा नभई लुटेरा समूह नाम राख्न सुझाव दिएका थिए । त्यस्तै आजै सुरक्षाको माग गर्दै भेट्न आएका मेन पावर व्यवसायीलाई विप्लव पार्टीसँग सरकार कडा रुपमा प्रस्तुत हुने बताएका थिए । प्रधानमन्त्री ओलीले आफुहरुलाई लुटेरा समूह भनेको भन्दै विप्लव माओवादीले ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।





























प्रतिक्रिया