बिहे अघि नै बालीमा प्रियंका आयुष्मानको हनिमुन (भिडियोमा)

बिहे अघि नै बालीमा प्रियंका आयुष्मानको हनिमुन (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बलिउड सेलिब्रेटीहरुको ‘होली डे डेस्टिनेशन’ हो इन्डोनेसियाको बाली । हनिमून डेस्टिनेशनका रुपमा समेत लिईन बालीमा यतिबेला नेपालका चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले प्यार साटिरहेका छन् ।

नेपाली फिल्म इन्डस्ट्रीको ‘हट कपल’ मानिने प्रियंका र आयुष्मानको तस्बिरहरुले यतिबेला सामाजिक सञ्जाल फेसबुक र इन्स्ट्राग्राम तातिरहेको छ । उनीहरुको ‘भ्याकेसन मूड’ को रोमान्टिक तस्बिरहरु अहिले भाइरल बनिरहेको छ । प्रेमी आयुष्मानले प्रियंकालाई सरप्राइज ट्रिप दिएका हुन् ।

प्रियंकाले आफ्नो प्रेमीलाई सरप्राइज ट्रिप दिएकोमा धन्यवाद पनि दिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा क्लिक गरेको एक तस्बिर पोष्ट गर्दै प्रियंकाले क्याप्सनमा लेखिन्, ‘एण्ड वी आर अफ’ ।

माया प्रेमको कुरामा खुल्ला सोच राख्ने नायिका प्रियंका सामाजिक सञ्जालहरुमा आयुष्मान प्रति प्रेम व्यक्त गर्न पनि हिच्किचाउँदिनन् । उनीहरुले निकै व्यस्तताको बावजुद पनि लभ लाइफलाई मेन्टेन गरिरहेका छन् ।

चाहे स्वमिङपुलमा होस वा सुटिङ सेटमा आयांका जोडी रोमान्स गर्न पछि पर्दैनन् । स्वमिङपुलको तस्विरदेखि लिएर अवार्ड समारोहमा आयांका जोडीले गरेको किसको तस्बिरहरुको कारण उनीहरु आलोचनाको शिकार हुने गरेका छन् ।

Skip This
Skip This
Logo