देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
नेपालीहरुको बिरोधपछि भारतीय सांसदले हटाइन् ट्वीट
नेपालीहरुको चर्को आलोचनापछि भारतीय सांसद अल्का लाम्बाले आफ्नो ट्वीट हटाएकी छन्।उनले एक ट्वीट गर्दै आफ्नो अघिल्लो ट्वीट हटाएको जानकारी गराएकी हुन्। उनले नेपाली समुदायको भावनामा चोट पुर्याउने मनशायले ट्वीट नगरेको बताएकी छन्। आम आदमी पार्टीकी सांसद लाम्बाले नेपालीबारे अपमानजनक टिप्पणी गरेको भन्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले बिरोध गरेका थिए । नेपालीहरुले उनको ट्वीटमै जवाफ दिंदै बिरोध जनाएका थिए।
सीके राउतको ११ बुंदे बिज्ञप्ति: ‘दुई नम्बर बुदाँले अन्तर्राष्ट्रिय स्तरमा जाने बाटो खुल्यो’
सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले सरकारसंग गरेको सहमतिले अन्तर्राष्ट्रिय स्तरमा जाने बाटो खुलेको दाबी गरेको छ। गठबन्धनको रुपन्देही समितिले भैरहवामा पत्रकार सम्मेलन गर्दै दुई नम्बर बुदाँले आफूहरुलाई अन्तराष्ट्रिय स्तरमा जाने बाटो खुलेको बताएको हो । स्वतन्त्र मधेशको मुद्दा त्याग्नेबारे सरकारसँग सम्झौता नभएको बताउंदै गठबन्धनले आफ्नो बटमलाईन स्वतन्त्र मधेशको मुद्दा नबिर्सिएको बताएको छ । पत्रकार सम्मेलनमा रुपन्देही जिल्लामा स्वराज आन्दोलन अगाडि बढाउन सरकारले कुनै हस्तक्षेप नगर्ने सहमति भएको समेत दाबी गरेको छ । गठबन्धनले सरकारसँग भएको एघार बुँदे सहमतिका हरेक बुंदा आफुहरुलाई अनुकुल भएको समेत दाबी गरेको छ ।
‘जहाँजहाँ पैसा छ, त्यहीँ बम हान्नेहरुसँग के को वार्ता ?’- प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँगको भेटघाटमा उनले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका हुन् ।
मन्त्रिपरिषद पुनर्गठनको जिम्मा प्रधानमन्त्रीलाई दिएको छु- प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको तयारी भैरहेको बताएका छन्। विराटनगरमा संचारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले मन्त्री परिवर्तन गर्ने तयारी भइरहेको बताएका हुन् । आज बिहान पनि प्रधानमन्त्री केपी शर्मा ओली र आफुबीच यस बिषयमा छलफल भएको बताउंदै प्रचण्डले नयाँ मन्त्री नियुक्त गर्नेबारे पार्टीका अन्य नेताहरूसँग सल्लाह भैरहेको जानकारी दिए। मन्त्रिपरिषद पुनर्गठनको जिम्मेवारी प्रधानमन्त्रीलाई दिएको बताउंदै उनले मन्त्रीहरुको हेरफेर अहिले हतारो नभएको बताएका छन्।
प्रधानमन्त्रीलाई भीम रावलको काउन्टर- ‘थोत्रो बर्कोले छोपिने छैनन्’
सरकारले सीके राउतसँग गरेको सहमतिका बिषयमा सत्तारुढ दल नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउन्टर जवाफ फर्काएका छन् । नेता रावलले ट्वीट गर्दै नेपाल आमालाई गालीगलौज गर्दै टुक्रयाउन मधेशीहरुसंग समेत साँठगाँठ गर्ने सिके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिनु नै गलत भएको बताएका छन्। उनले आफबिरुद्ध गरिएको कुप्रचारको थोत्रो बर्कोले छोपिन नसक्ने भन्दै टिप्पणी गरेका छन्।
साफ च्याम्पियनसिपः नेपालको विजयी सुरुवात
साफ महिला च्याम्पियनसिपमा नेपालले बिजयी सुरुवात गरेको छ। विराटनगरको शहिद रंगशालामा भएकाे खेलमा नेपालले भुटानलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते, शरिरभर निलडाम
श्रीमानको कुटाईबाट एक श्रीमती गम्भीर घाइते भएकी छन् । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–१ मलीका २७ वर्षीय भुईमान रुम्जाली राईको कुटाईबाट २९ वर्षीया श्रीमती निर्मला राई गम्भीर घाइते भएकी हुन् । उनको ओखलढुंगास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।घरायसी विवादमा भुइँमानले निर्मलालाई मराणासन्न हुनेगरी कुटेका हुन् । उनको शरीरभर चोट लागेको छ । उनको अवस्था अहिले स्थिर रहेको मिसन अस्पताललाई उद्धृत गर्दै ओखलाढुंगा प्रहरीले जनाएको छ ।
बोल्दाबोल्दै बेहोस भइन् नेतृ शान्ता चौधरी
राष्ट्रको अखण्डतामा आँच आउने गरी कसैसँग सम्झौता हुदैन : गृहमन्त्री
कांग्रेसको प्रश्न- ‘जनअभिमतको आशय के हो ?’
प्याब्सनको महाधिवेशन आजबाट
‘वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्छ: देउवा
करीब चार हजार युवालाई रोजगार बनाइँदै
मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु
निजी विद्यालयको सम्पत्तिको सुरक्षा सरकारले गर्छ- शिक्षामन्त्री
नेपाल भाषाको विद्यालय खोलिने
छातीको एक्सरे बहानामा यौन दुर्व्यवहार, स्वास्थ्यकर्मी पक्राउ
पाकिस्तान सुपर लिग सकेर सन्दिप स्वदेश फर्कदै
सिंगापुरद्वारा बोइङ ७३७ म्याक्स उडान स्थगित
‘लुट्न सके लुटमा’ सारंगी रेट्दा यस्तो सुनियो (भिडियोमा)
महिलालाई आकर्षित गर्न सोध्नुपर्ने ६ प्रश्न
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया