दरबारमार्ग क्षेत्रमा सवारी आवतजावतमा रोक

दरबारमार्ग क्षेत्रमा सवारी आवतजावतमा रोक

केन्द्रबिन्दु
135
Shares

काठमाडौँ । काठमाडौँको दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ । संविधान दिवसको अवसरमा भोलि असोज ३ गते नागरिक स्तरबाट आयोजना हुने नेस्नल डे कन्सर्टका लागि स्टेज निर्माण भइरहेका कारण उक्त क्षेत्रमा सवारी आवतजावतमा रोक लगाइएको बताइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न मार्गबाट दरबारमार्ग क्षेत्रमा आउने सवारी साधनलाई डाइभर्सन गरेर केशरमहल चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्रशालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

Logo